राप्ती सांस्कृतिक समाजको स्थापना र गैरसरकारी संस्था भएको हैसियतले समग्र सक्रियताको बारेमा संक्षेपमा बताइदिनुस् न ?
बि.सं. २०६३ सालमा यस संस्थाको स्थापना भएको हो । यो संस्था समाज कल्याण परिषद्, गैरसरकारी संस्था महासंघ जिल्ला महासंघ रोल्पा, जिविस, प्रशासन लगायतमा दर्ता भएको छ । यसले वर्षेनी नविकरण, कर चुक्ता, अडिट आदी कार्यहरु सक्रियताका साथ गर्दै आएको छ । शुरुवातमा हामी २५ जना कलाकारहरुको सहभागिता थियो त्यही समूहलाई बैधानिकता दिनका लागि हामीले संस्था दर्ता गरेका हौं ।
जिल्लाका विभिन्न स्थानमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नका लागि हामीले पहिलो प्रयासको थालनी गरेका हौं ।
यो समाजको मूख्य उद्देश्य के हो ? यसले स्थापना कालदेखि हालसम्म कस्ता कस्ता कार्यहरु गर्दै आएको छ ?
हाम्रो विधान छ, विधानमा हामीले उद्देश्य पनि किटेका छौं । हामी दफा, उप दफा लगायतका परिधीभित्र रहेर कार्य गर्ने गर्दछौं । यसको नामबाटै पनि थाहा हुन्छ की यस संस्थाको उद्देश्य के हो भनेर, रोल्पा जिल्लाका कुना कन्दरामा छरिएर रहेका लोक संस्कृति, यहाँका मौलिक संस्कृति, स्थानीय रितीरिवाजलाई प्रर्वद्धन गर्ने, चिनाउने, स्थानीय स्तरमा रहेका कला, प्रतिभालाई उजागर गर्ने, मञ्च नपाएका नवप्रतिभा र कलाकारहरुलाई खारिनका लागि मञ्च दिने, स्थानीय स्तरबाट केन्द्रसम्म पु¥याउने पुलको काम गर्ने यस संस्थाको मूख्य उद्देश्य रहेको छ ।
यो सांस्कृतिक कार्यक्रम गर्ने निकाय भएकाले अन्य सरोकारवाला कार्यालय, संघ संस्थाहरुसँग यसको कस्तो समन्वय कस्तो छ ?
अन्य सरकारी तथा गैरसरकारी संघ, संस्था, निकायको सहयोग नभईदिएको भए आज हामी यो स्थितिसम्म आई पुग्ने थिएनौं । सबैभन्दा पहिले यस संस्थालाई प्रेरणा दिने जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पा हो । जसलाई म हृदयदेखि धन्यवाद दिन्छु । यस्तै गरेर जिल्ला खानेपानी कार्यालय रोल्पा, रुडास नेपाल, हरप्लेस रोल्पा, महिला तथा बालबालिका कार्यालय, एनसार्क, जिल्लाका बोर्डिङहरु, उद्योग बाणिज्य संघ, रेडक्रस रोल्पा, यस्ता विभिन्न संघ संस्था र निकायसँगको सहकार्य र समन्वय रहेको छ । जसले गर्दा निरन्तर रुपमा हामीले सचेतनामूलक नाटक, गीत, नृत्य प्रस्तुत गर्ने र समाजमा जनचेतना जगाउने अवसर प्रदान गर्ने गरेका छौं । त्यसैले यहाँसम्म पु¥याउनका लागि जिल्लाका विभिन्न संघ, संस्था र निकायको सक्रिय सहयोग रहेको छ ।
जिल्लामा रहेका अन्य सांस्कृतिक संस्था भन्दा यस संस्थाले आफ्नो छुट्टै पहिचान र बेग्लै खालको जिम्मेवारी निभाउँदै आएको छ भन्ने धेरैबाट सुनिन्छ, यस्तो हुनुमा सबैभन्दा सकारात्मक पक्ष केलाई मान्नुहुन्छ ?
हामीले कुनै पनि कार्यक्रमहरु मेहनत र जाँगरका साथ गर्ने गर्दछौं । रकम थोरै छ, सानो पैसा छ भनेर हामी पछि कहिल्यै हटेका छैनौं त्यसैले पनि सानोदेखि लिएर ठूला कार्यक्रमहरुमा हाम्रो माग र सहभागिता बढ्दै गएको छ । शुरुवातमा हामीले मासिक लेवी उठाएर यो संस्थालाई यहाँसम्म पु¥याएका हौं तर आज आएर हामीले आफ्नै सामाग्री जुटाउन सफल भएका छौं । थोरै भएपनि आवश्यकमा खर्च गर्ने बैंक ब्यालेन्स समेत रहेको छ । अफिस बसेको कोठा भाडासम्म हामीले तिर्न सक्ने अवस्था रहेको छ । कार्यक्रममा आवश्यक कलाकारहरुलाई तिखार्ने समय दिन्छौं । त्यसैले पनि यो संस्थाप्रति सबैको सकारात्मक धारणा बन्न पुगेको हो ।
जिल्लामा कलाकारहरुको प्रतिभालाई उजागर गर्ने क्रममा कैंयोै कलाकारहरु यसै संस्थाबाट स्थापित पनि बन्न पुगेका छन् यसमा संस्थाको कत्तिको पहुँच छ र दक्षजनशक्ति उत्पादनमा संस्थाको मेहनत, लगानी कस्तो रह्यो ?
राप्ती सांस्कृतिक समाज रोल्पाले अहिलेसम्म धेरै कलाकारहरु जन्माईसकेको छ । दक्ष कलाकारहरु जसले यो मञ्च हुँदै आज काठमाडौंमा गएर आफ्नो पहिचान बनाउन सफल भएका छन् । हामीले अरु केही गर्न नसके पनि हौसला र प्रेरणा अवश्य पनि दिएकै हौं जसकाकारण आज ती कलाकारहरुले आफ्नै एल्बम निकालेर छायाङ्कन गरेर नाम कमाउन सफल भएका छन् । संस्थाले ती कलाकारहरुको सिर्जनालाई उजागर गर्न समय खर्चेको छ । उनीहरुलाई मञ्च दिन सफल भएको छ ।
यस संस्थाले प्रत्यक्षरुपमा जनचेतामूलक कार्यक्रमलाई बढी जोड दिएको छ, जिल्लाका कति गाविससम्म पुग्न सफल भयो ?
यो सांस्कृतिक संस्थालाई चिनाउनका लागि हामीले देउसी भैलो कार्यक्रमहरु, सचेतनामूलक नाटक कार्यक्रम, नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमहरु, संविधानसभा चुनावका सचेतनामूलक, स्वास्थ्य, शिक्षाका अतिरिक्त क्रियाकलाप अन्तर्गतका लोकगीत, नृत्य प्रतियोगिताहरु सञ्चालन गरेकै छौं । आजसम्म रोल्पाका करिब ४५ गाविसहरुमा पैदल हिँडेर पुगिसकेका छौं भने केही गाविसहरुमा पुग्न बाँकी नै छ । हामीलाई सुर्खेतबाट निम्ता आएको थियो त्यतिबेलाका हाम्रा अध्यक्ष बलबहादुर घर्तीको निर्देशनअनुसार हामीले पश्चिमेली सांस्कृतिक कोशेली त्यहाँ पस्कन सफल भएका थियौं । यस्तै राष्ट्रिय नाचघरमा पनि हाम्रो प्रस्तुती राखिसकेका छौं । हाम्रो स्थलगत भौतिक उपस्थिति प्रायः सबै स्थानमा पुगेकै छ भने जिल्लाका २ वटा स्थानीय रेडियोबाट हामीले तीजको समयमा होस् या अन्य कुनै समय पारेर चेतनामूलक प्रस्तुती राखीरहेकै छौं । यसबाट पनि मध्यपश्चिमाञ्चलका सबै जिल्लाले हाम्रो संस्थालाई चिन्न सफल भएको छ ।
धेरै संस्थाहरुमा आर्थिक व्यवस्थापनमा समस्या देखिन्छ, आर्थिक पारदर्शितालाई त्यति चुस्त बनाएको पाइदैन, तपाइहरुको संस्थामा के छ ?
जुनसुकै संगठन र संस्थालाई टिकाउने त्यसभित्रका काम गर्ने पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आर्थिक सुशासन र पारर्दशिता बिना कुनैपनि संस्था टिकाउन सकिदैन त्यो भताभुङ्ग भैहाल्छ । त्यसको कुरा गर्दा हामीले आजसम्म राम्रो तवरले टिकाएकै छौं । कुनैपनि कार्यक्रम भयो भने हामीले हामीसँग खट्ने कलाकारहरुलाई सबै कुरा खुलस्त बताउने गर्दछौं । कुनैपनि बजेट आयो भने हामीले तयारी र समिक्षा कार्यक्रममा खर्चका विवरण, संस्थामा राख्नुपर्ने बजेट आदिका बारेमा पारदर्शि ढङ्गले प्रस्तुत हुने गर्दछौं । यसैकारण पनि हामीलाई पुग्दो भौतिक सम्पत्ति कमाउन सफल भएका छौं । कोठा भाडा तिर्ने रकम समेत बचाउने गरेका छौं ।
संस्थाको सफलतासँग देखिएका चुनौतिका बारेमा बताइदिनुस् न ?
यो नाच्ने गाउने संस्था हो यो विकासे संस्था होईन । यस्ता संस्थाहरुलाई हामी सहयोग दिन हुन्न भन्ने पनि केही व्यक्तिहरुबाट सुनिए । यस्तो खालको बुझाई देख्दा निकै मन दुख्छ अप्ठ्यारो त पक्कै हुन्छ । म कोषाध्यक्ष, सचिव हुँदै आज अध्यक्षसम्म आइपुगेको छु । दुई कार्यकाल भयो मैले अध्यक्ष पद सम्हालेको । म कलाकार नभएपनि कलाकारलाई मायाँ गर्ने, कलाकारप्रति सम्मान, हातेमालो गर्ने व्यक्ति हुँ, त्यो भएको नाताले धेरै नराम्रो कुराहरु सुनिदा नराम्रो पनि लाग्छ । यो अवस्थासम्म आइपुग्दा निकै चुनौतीहरु झेल्नु परेको छ । कोही बेलामा कोठाको भाडा तिर्ने समेत संकट परेको थियो । स्टेशनरी किन्न समेत संकट परेको थियो । त्यसपछि प्रत्येक वर्षको तिहारमा देउसी भैलो खेलेर केही रकम संकलन गरेका पनि छौं । कार्यक्रमहरुबाट आएको केही प्रतिशत रकम छुट्याएर, हामीले खाने खानाबाटै छुट्याएर पनि काम चलाउने गरेका छौं । यसरी आर्थिक चुनौतीबाट जोगाउने काम पनि गरियो ।
अन्त्यमा भन्नै पर्ने केही छन् की ?
मेरो विचार मात्रै नभएर मेरो संस्थाको विचार तथा धारणा, संस्थामा संलग्न कलाकारहरुको आवाजलाई बाहिरसम्म पु¥याउने जमर्को गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु । विभिन्न चुनौती भएपनि जे जस्तो अवस्था आए पनि हामी पछि हट्नु हुँदैन । नव कलाकारहरुको प्रतिभा उजागर गर्नका लागि यस संस्थाले मञ्चको काम गरेको छ । यस मञ्चलाई स्थानीय स्तरबाट केन्द्रसम्म पु¥याउने हाम्रो यस प्रयासलाई सबैको हातेमालोको जरुरी छ । त्यसैले सबैको साथ र सहयोगको अपेक्षा गर्दछु र संस्थाको अधिवेशन हुन बाँकी छ जसका लागि सबै आवद्ध कलाकारहरुलाई आफ्नो सदस्यता नविकरण गर्नका लागि आग्रह गर्दछु ।  अधिवेशनको तयारी हुँदैछ । हामी समय मिति र स्थान तोक्ने छौं त्यतिबेला ईच्छुक कलाप्रेमी महानुभावहरुलाई समेत् उपस्थित भइदिनहुन आग्रह गदर्छु ।

0 comments:

Post a Comment