मंसिर ०८, रोल्पा । गरिव घरपरिवार, पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले रोल्पामा ३९ प्रतिशत गरिवी स्तरमा रहेको प्रमाणित गरेको छ । जिल्लाका सबैभन्दा बढी गरिवी रहेको गाविसहरु हार्जङ, गाम र सिउरी ४३.३८ प्रतिशत, अरेश र तेबाङ ४२.२५ प्रतिशत सबैभन्दा कम गरिवी रहेको गाविस कोटगाउँ र कोर्चाबाङ १३.२८ प्रतिशत, लिबाङ १४.७९ प्रतिशत रहेको बताएको छ । यस्तै ईलाका स्तरमा हेर्नेहो भने ईलाका नं. ४ बढी गरिवी भएको बताइएको छ ।
जसमा ४१.७९ प्रतिशत छ भने ईलाका नं. ९ कम गरिवी भएको ईलाका जसमा १८.७३ प्रतिशत तथ्याङ्क रहेको जिल्ला विकास समितिका सूचना अधिकृत रामकुमार न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लामा गरिवीको अवस्था पहिचान भएको र परिचय पत्र वितरणको तयारी सुरु गरिने बोर्डले जनाएको छ । स्थानीय विकास अधिकारी संयोजक रहने गरी जिल्लास्तरमा पनि समिति गठन गरिएको र रोल्पा सहित पहिलो चरणमा २५ जिल्लामा गरिवलाई परिचय पत्रवितरणको तयारी भएको बोर्डले जनाएको छ । 
बोर्डले रोल्पासहित पहिलो चरणमा प्यूठान, रुकुम, अर्घाखाँची, बाजुरा, कैलाली, अछाम, बझाङ, कालिकोट, डोल्पा, मुगु, जुम्ला, हुम्ला, जाजरकोट र बर्दियामा पनि परिचय पत्र वितरणको तयारी गरेको छ । संकलित तथ्याङ्कको प्रोसेसिङ चलिरहेको भन्दै बोर्डले पहिलो चरणमै बाग्लुङ, तनहुँ, कपिलबस्तु, गोरखा, सिन्धुली, रामेछाप, रौतहट, भोजपुर, सिरहा र खोटाङ जिल्लामा परिचय पत्र वितरणको तयारी गरेको छ । 
गरिवको तथ्याङ्क संकलन भएका २५ जिल्लामा पहिलो चरणमा र अन्य जिल्लाको दोस्रो चरणमा परिचयपत्र वितरणको तयारी भएको भन्दै बोर्डका निर्देशक ढुण्डीराज लामिछानेले यी जिल्लामा साढे १२ लाख गरिवको पहिचान भएको जानकारी दिनुभयो । बोर्डका अनुसार पहिलो चरणका यी जिल्लाहरुमा १२ लाख ५१ हजार ६ सय ११ पहिचान भएका गरिव घरपरिवार रहेका छन् । २५ जिल्लामा करिव ६१लाख ४७ हजार ८ सय ७५ जनसंख्या गरिवीको रेखामुनि रहेका छन् ।

0 comments:

Post a Comment