देवी गुरुङ 
_________
कहिले फुल
सुन्दर सजावट
कहिले भुल

खहरे पानी
अचम्मको दुनिया
धमिलो मुल

प्यासी मगन्ते
दुइहातको चाला
खोक्रो आत्मा

झुल्केको घाम
रहस्यको कहानी
बिसर्ने बानी

दुखेको मुटु
राहतको अभाव
चुडेको धागो

बिछिप्त मन
हिमालझैं अडिग
जोडी परेवा

यूवाको भेला
साहित्यको रचना
आदृश पना

धमिलो मन
हाँडीगाउँको जात्रा
गतिलो चाल

भाग्यको खेल
नानाथरीका कुरा
रोगीको लर्को

0 comments:

Post a Comment