देवी गुरुङ
गजल १
उपहार दिन खोजे तर पहिल्यै लिईहालेछउ
साँचेको थिए अमृत दिन पहिल्यै पिईहालेछउ 

तिम्रोलागि नबिर्सने केही पल निभाउन चाहे तर
खुशीयालीका दीनहरु पहिल्यै जिईहालेछउ

खोई बचेको के नै होला र फेरी पनि मनत छ
जोडन खोजेको आत्मा पनि पहिल्यै सिईहालेछउ

बुझन चाहन्थे कुनै क्षणमा अतितका कथाहरु
पराई सँझी मनमै डल्लो पार्दै खिईहालेछउ

तिमीसँग केही लुकाउँदीन सारा आश्वासन
देखावटी निति खोई के बुझेर लिईहालेछउ


गजल २
एउटै दाबमा दुई खुकुरी कसरी राख्न सकिन्छ 
नचाहेरै मनको कुरा कसरी काटन सकिन्छ

हुनत मान्छेको जातै हो जे गरेपनि हुन्छ अरे
एउटा मुटुु कयौं मनसँग कसरी बाँटन सकिन्छ

चाहना र भावना सबैको फरक नै रहेपनि
कुरा मुखले छलेर कहासम्म ढाँटन सकिन्छ

आवश्यकता सबैको एकै होला पहिचान गर्नु
परिणाम ल्याउन नसकेर साटन कहाँ सकिन्छ

मनै फरक, आत्मैदेखि फरक चाहेपछि यहाँ
परिर्वतनलाई आफुअनुकुल आटँन कसरी सकिन्छ


गजल ३
धेरै नदेउ मायाँ कतै जहर बन्ला
गाउँघर पनि फेरिदै शहर बन्ला

भाका गाउँदै प्रितीको कागहरु हिंडे
भत्केको बिरानो आँगनीको नहर बन्ला

तिमी उस्तै सही बाटोमा जति हिंडेपनि
गनतब्य बिराउनेहरुको यात्रा रहर बन्ला

अनायासै दुखको भारि बोकेर मसंग रहने
जीवनयात्रामा तितो यर्थातको कहर बन्ला

फेरिदै यात्रा सुख र दुख आउलान तरपनि
अनावश्यक नमेटिने छापको ठहर बन्ला



गजल ४
आफनै भनि हक जमायौ र त खुशी लाग्यो 
मनको कुरा मुखैले खुलायौ र त खुशी लाग्यो

आखिर म तिम्रै हुँ भन्ने प्रमाण दियौ तर
विश्वासै नगरी तर्किएर बाहिरीयौ र त खुशी लाग्यो

तिम्रो रिसावट क्षणिक मन दुखाउने खालको भएपनि
आखिर मेरो धेरै नजिक रहेछौ भनेर त खुशी लाग्यो

हरेक निसानी तिम्रै नामको लिन खोजेको यो चाहना
कर्तव्य सँगै निभाउन खोज्छौ र त खुशी लाग्यो

थाहा छ तिमीले मन दुखाएको छौ साहरै भनेर
हाम्रै मायाँको निम्ती दुखाएको छौ र त खुशी लाग्यो


गजल ५
बाचिंएछ क्यारे आशैमा मन जलाई 
त्यसैलेत जीवनले यथार्थता दियो मलाई

भुलेर लागियो या झुलेर मन थाम्नै सकिएन
विवशताको डोरी पर्दा कसले गर्ने भलाई

भन्नेहरु त भन्थे फरक पहिचान देखाउँछु
एउटै बारीको मुला आखिर राम्रो रोज्ने कलाई

बेअर्थको कथाजोडी दुनिया हँसाउँदै हिँडदा
कीन अमृतको चाहना गर्नु काडाँमा बिष फलाई

झुठको खेतीबाट सुन्दर बगैंचाको निमार्णमा जुटने
हरियाली बिनाको गृष्ममा बिन जराबाट पलाई


गजल ६
एउटा पक्ष छ यहां सधैं उचाईमा हेर्न चाहने 
अर्को पक्ष किन भयो ओराली लागेको हेर्न चाहने

त्यही साथकै कारण आकाशमा उडदै जादां 
बादल बनेर कुनै एकपक्ष सधैं गर्छ घेर्न चाहने

मानवीय आकांक्षा, चाहनाको भन्डारमा रहेपनि
स्वतन्त्रताको खोल ओढाइ सवार्थता फेर्न चाहने

अस्तित्वको नाममा कालो स्याहीका दाग लगाउँदै
व्यर्थताको शब्दप्रहारले जीवनका पानामा केर्न चाहने

एकदिशामा सुन्दर महल निमार्ण,अर्कोतिर हुरीको आभास
कुनपरिवेशमा जोडियो खोइ वास्तविकता र्टेन चाहने


गजल ७
कहिले सम्म पाउंला र तिम्रो साथ अबत एक्लै हिंडने बानी लाउनु छ
ईतिहास बनाई पानामा कथा सारङगीका बेदनाका हरेक भाका गाउनु छ । 

परिवेशको कथा पस्केर हेर्दा थामेर नसकिने हरेक समयका चक्रहरु यहा.
मानवताको नाता जोडेरै भएपनि हरेक पलमा दुख , कष्ट हाँसेरै पाउनु छ । 

एकपटकलाई मात्रै होइन युगौं युगका लागी नै तिम्रो साथ मागेपछि
बलियो धरातलमा उभिएर सम्बन्ध प्रगाढ बनाउन जुनी फेरेर आउनुछ ।

यो समय र परिस्थितिको सामना गरेर अब थाकिसके भनेर भन्दैन
त्यो हृदयमात मीठो साथ अनी सन्तुष्ट चाहना बनेर सधैं छाउनु छ ।


__________________________________
गजल ८
हिंडदा हिंडदै यो यात्रामा चिप्लीएर कतै लर्छुकी 
भविष्यनै देख्न नपाई खोई वर्तमानमै मर्छुकी 

हरेक दिन आउंछ उजेली संगै रात अंधेरी लिएर
बगैंचाको मनमोहकमा फुल्नै नपाई कोपिलामै झर्छुकी 

आशा, चाहनाको भुमरीमा बाधिँएर कर्तव्यको भार खेप्दा
थामेर भारलाई नडरोरयाई झनै पछीतिर पो सर्छुकी

थाके म आफैंसंग हार मान्नुपर्ने परिस्थिति आंउदा
कसैको साथ नपाए जीउदो लाशनै सागर तर्छुकी


______________
गजल ९
रोइदेउ भनेर नभन कीन भने तिम्रो सामु रुन चाहन्न
मानव निमिर्त समाजीक खोलामा यो मुटु धुन चाहन्न

थकाइ धेरै लागेकै हो विसाउने चौतारीको आश थियो
बलेको दियो निभ्ला भनी डरैले मात्र चौतारी छुन चाहन्न

यो मुटुमा सजाएदेखि तिमीलाई अरुकसैको साथ चाहेन
देखावटमा जेहोस, हृदय तिम्रो बाहेक कसैको हुन चाहन्न

तिम्रो साथमात्रै मागेको तर परिस्थितिले टाढिएपनि
चाहे आकाशमा ताराहरु नहोस अनायासैको जुन चाहन्न


___________________
गजल १०
जति टाढा पठाउ तर म तिम्रै नजिकमा आउने छु ।
दिक्क मान हुक्क मान तर तिमीलाई नै पछयाउनेछु । 

यो कुनै चेतावनी होइन तिमीलाई दिनुपर्ने 
तर पनी छायां बनी तिमीमाथीनै छाउनेछु । 

चाहे भागेर जहां जाउ प्रत्यक्ष वा अप्रत्यक्ष
उकाली ओराली सबैठाउं खोज्दै धाउनेछु ।

मनको कुरा मनमा राख्छौ थाहा छ मलाई
तिमीले नखोलेपनि म आफैं तीजमै गाउनेछु ।


_____________
गजल ११
उनीसंगै हुंदा दुनिया भुल्न मन लाग्छ
लहलहाएको धान झैं झुल्न मन लाग्छ

जस्तो सुकै परिस्थितिले बास गरोस
सधैं उनकै हात समाइ डुल्न मन लाग्छ

नजिकै आएको आभास पाए आफुलाइ
उनको लायक फुल बनी फुल्न मन लाग्छ

पर्खाइका बाटा हेरी सधैं उनको चाहमा
हृदयको ढोकाझैं बिस्तारै खुल्न मन लाग्छ


_________________
गजल १२
अनायासै बाटो कुरे तर बाटैमा रात परयो 
समाउने हात रोजे तर कीन लात परयो ।।


मैलेत छानेको त्यही सानो मुटुको कुना हो 
तर भ्रमकै कारण यहां ठुलैपो बात परयो ।।


नराम्रो निति समाजका तोडन कस्सिएपनि
पृत्तिसत्ताले थिंचिएको महिलाको जात परयो ।।


आशा संगै जीउनु बाहेक केनै रह्यो र आखिर
संसारको रिति यस्तै भावनामा डुबेको मात परयो ।।


____________
गजल १३
हिजो आज पराई झैं ठान्छौ कीन ?
अनेक बहाना बनाई टाढा जान्छौ कीन ?

मन र मुटुमा त तिमीलाई सधैं राखेछु
आफनै छायांलाई छोडी पराइको विश्वास मान्छौ कीन ?

तीमी आयौ र त जीवन मेरो भरिपुर्ण भयो
बोकनै नसक्ने भार हुं भने अनायासै धान्छौ कीन ?

संसारको मोह छुटाइ समीपमा निम्ता दिएकै छैन
बाहिरी हांसो उपहार छोडी ब्यथित मुटु लान्छौ कीन ?


__________________
गजल १४
कसरी भन्न सक्छौ तिमी आफैं नै टाढा जाउ भनी
कसरी फंयाक्न सक्छौं आफनो दिलको टुक्रालाई पनि 

मैलेत तिमीलाई नै सर्वस्व ठानिसकें सायद मेरो भुल भयो
आजलाग्छ म नै हुं छाएको तिम्रो जीवनमा ग्रहण बनी

कुन चाहना लिएर अघी बढेको थियौ मेरै कारणले आज
ेभताभुङ भयो सपना तिम्रा, दुख साहरै दिए जानी न जानि

सुख दुख संगै बाटने चाहना मेरा, तिम्रै साथको पखाईमा
कठिन लागिरहेछ परिस्थिति आज एकतर्फी चाहना ठानी


_______________
गजल १५
तीमी त मेरो मुटुको टुक्रा होउ तर यसरी तर्किन्छउ कीन ?
सकेजतिको मीठो मायां दिंदापनि यसरी झरकीन्छउ कीन ?

विश्वासको दियो बालेर हेर जीवनको हर क्षणमा घरीघरी
कृतिम सारको बनावटी बस्तु सीसाझैं चर्कीन्छउ कीन ?

वास्तविकताको विचार गरेरै यो यात्राको शुरुवात गरेपछि
गनतब्यमै नपुगी सामनाबाट टाढिएर फर्कीन्छउ कीन ?

एउटा निश्चीत उदेश्य बोकी पाइलाहरु अग्रसर बनाएपछि
जसले जता डोहरयायो उतै डोरी समाइ लरकीन्छउ कीन ?



_______________
गजल १६
जब पाए साथ उनको आफैंलाई भुलाउन थालिसकेछु
जीवनका मोडमा उनीलाई भेटाए उनीसंग त मेरो मन छ ।

कुनैदिन लाग्ने बोझको दुनिया आज स्वाभीमान लाग्ने
बांच्नुको अर्थ बल्ल थाहा भयो, त्यसैले त खुशी यो तन छ

अभावको खोजी निकालेर हेरे, उज्यालोको पर्खाइमा
मायां नै हो संसारमा सर्वस्व लाग्ने, तुलनामा बेकार धन छ ।

एक अर्काको साथ अन्तिम क्षण सम्मको चाहना मेरो
प्रगतिका पाईलामा हिंडने यात्रा हाम्रो, संगै बढने रहरै झन छ ।


_______________
गजल १७
हुनत बाउले सबैसन्तान लाई निकै मायां गर्थे
तर कान्छीबाट जन्मेको मान्छे बनाए आज

कुनैक्षण खडको लागेपनि आउला खुशी भन्दै
पर्खीबसे तर त्यही समय कुर्दा कुर्दै भयो साझ

मान सम्मान कहिल्यै मर्ने छैन उनीप्रतिको
फेरीपनि गाठोंपरेत फुटने रहेनछ मुटुको माझ

आदरका पात्र हुन उनी, तर असमानता गरेपछि
कहिले सम्मपो चल्ला र विभेद र घृणाको राज

एकोहोरो गरेका योगदानको मुल्य नदेखेपनि
सन्तानका मर्म भावनालाईत कृपया जांच



______________
गजल १८
कहिले काहिं लाग्दो रहेछ धेरै दुख दिएजस्तो
फाटेको मनलाई गांठो पारी एकलै सिएजस्तो

साह«ै मन दुख्दा लाग्छ बिषको जहर पिए जस्तो
खुशी हुंदा बेग्लै लाग्ने अर्को जुनी लिए जस्तो

बुझनै नसिकने जीवन बाध्यतामै जीएजस्तो
फलामे भाडांमा खोई के लागी खिएजस्तो

लाग्छ कुनै क्षणसम्झदा अलिबेग्लै थिए जस्तो
अर्थहिन संसारमा हृदयकोे भावना दिएजस्तो



_____________
गजल १९
जीवनका हरेक पाईलामा उनको साथ सधैं पाउं यो कामना भएपनि 
कसैको हातमा टेकेर आकाशको फल टिप्नु मेरो कुनै चाहना होईन

हिंडदा पाईला अवश्य लडखराउला तर कष्टगरेरै आफैं उभिने छु 
कर्तब्यको भारबोकी उत्तरदायीत्व तर्काउन खोज्नु मेरो कुनै चाहना होईन

मलाई थाहाछ एउटै यात्रामा हिंडौंला हामी तर हाम्रा पाईला फरकै छन
बाध्यताको भुमरीमा पारी विवशतामा हिंडाउनु मेरो कुनै चाहना होईन

सदा अर्थको संसार खोज, तिम्रा हरेक यात्राले सफलता पाउनेछन
बहकाउ र अन्यौलतामा पारिएको आभाष गराउने मेरो कुनै चाहना होईन


______________
गजल २०

कसैलाई बुझन कत्ति गाह«ो, कसैलाई बुझाउनै गाह«ो 
संसारको निति नै यस्तै भएपछि के भन्नु र यहां कसैलाई

सबै आफनै धुनमा भुलेछन, मौन संसारको आवाज बनाई
नत गरेका मुल्या«ङकन कसैको हुने नत कदर यहाँ कसैलाई

सायदै यसैगरी बित्नेछ हरेक पल, आत्मसम्मानले मान्दैन फेरी
तर ब्यर्थको आवाज सुनाउनुको अर्थ मतलब कीन यहाँ कसैलाई

परिवर्तनका नाम जोडिए, गनतब्यमा नपुग्दै तोेडिन खोज्ने
कर्तब्यको भारी देखाई लुप्त बनाउन चाहने यहाँ कसैलाई



ग_____________
गजल २१
कोही हुन्छन पागल यहां कोही हुन्छन घायल यहां
सबै मायांकै कारण हो भनेर त मान्दीन म 

अर्थ बुझेर पनि के गर्नु अचानक भएपछि
आभास संगै मीठास हुनैपर्ने मान्दीन म

कहिले होला तितो, कहिले होला मिठो
हरेक इच्छाबिपरित जर्बजस्ती बान्दीन म

नजिक, टाढा हुनु नियतिकै खेल हो फेरी
नबोलेकै भरमा चटकै बिर्सीको ठान्दीन म


________________
गजल २२
जति जान्छौ टाढा त्यति नजिक मलाई पाउने छौ 
चोखो मायाँको तिरस्कार गर अनि थाहा पाउने छौ

आखिर के हो, र मायाँ भन्ने तिमीलाई लागेको छ भने
भारी मुटुलाई बोकेर सयौंजंघार यसरी धाउने छौ 

धेरै त भन्दीन है मैले पनि अवश्य पनि त्यो एकदिन
कसैले दिएको पिडित मन लिएर पक्कै नजिक आउनेछौ

नत बनाएको छु तिम्रो आत्मालाई नै दोषी यहां
त्यो समयको पर्खाइमा छु जुनदिनमा विरहका गित गाउनेछौ


______________
गजल २३
अभागी कर्मको केकुरा बल्ल बल्ल पाएको साथ
जब लाग्छ टाढिन थालेको मुटुमा भक्कानो छुटेर आउंछ 

हाम्रो नाता अरुको भन्दा केही फरक पक्कै छ
फेरी पनि कीन त्रासपुर्ण वातावरण मनमा टुटेर आउंछ 

उनीसंगको यो यात्रा क्षणको होईन जुनी जुनीकै लाग्छ
एकान्तमा तडपीएर अन्तर आत्मा फुटेर आउंछ 

खोई थाहा छैन यो प्रयास एक्लो हो या संयुक्त
मनको बारीमै राख्ने आंट कहिलेत जुटेर आउंछ



______________________
गजल २४
दुख नमान प्रिय परिस्थितिले यस्तै गराएपछि
सांचेर राखेको मनको मायांलाई खोलापारी तराएपछि


के थाहा आफैंले यस्तै गर्न खोजेको पो थियौ की
ढुलमुलिएको अझैं छु म, मन नै डराएपछि


धेरै लागेको थ्यो मायां आकांक्षा धेरै थिए मनमा
जुंगा चल्यो कुरो बुझयो आखां फराएपछि

फेरी पनि पवित्र मनले दिन्छु सधैं शुभकामना
फलोस फुलोस तिम्रो जीवन यहि छ मेरो चाहना


https://www.facebook.com/groups/gajalsarobar/

0 comments:

Post a Comment