७ माघ । रोल्पा जिल्लालाई निरिक्षर उन्मुलन गरी साक्षर बनाउने भन्दै साक्षरता अभियानको थालनी गरिने भएको छ । ३२ गाविसका ३९ हजार निरिक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार जिल्ला शिक्षा कार्यालय रोल्पाले यो अभियान थालेको हो । जिल्लाका ५१ गाविस मध्ये गत वर्षमा छुटेका ३२
गाविसहरुमा यसवर्ष साक्षरता अभियानको थालनी गरिएको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ । अभियानलाई सफल पार्न ११ सय ८८ जना सहयोगी कार्यकर्ता, १ सय ३९ जना निरिक्षकहरु खटाइसकिएको बताइएको छ । गतवर्षमा १९ गाविसमा प्रदान गरिएको साक्षरता अभियानबाट १२ हजार ५ सयलाई साक्षर बनाउने लक्ष्य लिए पनि ११ हजार ८ सय ६० जनालाई मात्रै साक्षरता बनाइएको कार्यालयले जनाएको छ । गत सालमा केही छुटपुट भए पनि तथ्याङ्कमा राम्रो पाइएको कार्यालयले बताएको छ ।
शैक्षिक गुणस्तरियताको विकास गर्नका लागि विभिन्नखाले अभियानको थालनी गरिएको जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले बताउनुभयो । गत वर्षमा छुटेका ३२ गाविसमा यस वर्ष साक्षर बनाउने र गत वर्षमा अभियान थालिएका गाविसमा समेत छिटफुट छुटेको भएमा यो वर्षमा थप शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो ।
जिल्लामा रहेका ४ सय ३२ वटा शिक्षण संस्था, २ सय ८१ प्राथमिक विद्यालय, १ सय ४४ निम्न माध्यमिक विद्यालय, ६४ वटा माध्यमिक विद्यालय, ११ वटा उच्च माध्यमिक विद्यालय, २ वटा क्याम्पसमा हुँदै आएको पठनपाठनलाई प्रभावकारी बनाउनका लागि जिल्ला शिक्षा कार्यालय रोल्पाले विभिन्न प्रक्रियाको थालनी गरेको बताएको छ । जिल्लाभरिमा १ हजार ६६ दरबन्दी, राहत दरबन्दी १ सय ६७ प्राविमा १ सय ६८ निमावि र  ५३ वटा माविमा गरेर कुल १३ सय ३४ शिक्षकको दरबन्दी रहेको अधिकारी गुरुङले बताउनुभयो । जिल्लामा २ वटा प्राविधिक शिक्षालय समेत स्थापना भएका छन् । यसैगरी जिल्लामा सुस्तश्रवण कक्षा, सुस्तमनस्थितिका लागि, दृष्टिबिहिनका लागि कक्षा सन्चालन भएका छन् ।
जिल्ला शिक्षा कार्यालय रोल्पाले विभिन्न विकास निर्माणका कार्यक्रमहरु, छात्रा शौचालय निर्माण, विद्यालयका लागि ब्लग निर्माण, विद्यालय परिसरमा तारजाली बाँध्ने कार्य, विद्यालय परिसरको विकास निर्माण, मर्मत सम्भार लगायतका कार्यहरु गर्दै आएको कार्यालयले बताएको छ ।

0 comments:

Post a Comment