७ माघ, रोल्पा । पश्चिम रोल्पाको पाखापानीमा एक महिलाले आफ्नै छोरीको हत्या गरेको आशंका गरिएको
छ । पाखापानी–४ धोरनीकी जीवितकला डाँगीले आफ्नी जेठी छोरी ७ वर्षिया इश्वरी डाँगीलाई मारेको गाउँलेहरुले आशंका गरेका हुन् । अन्दाजी ३२ वर्षिया आरोपित डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोल्पाका प्रहरी प्रमुख नविन्द्रराज राईले हत्याका आरोपी महिला मानसिक रोगी भएको हुँदा खान नपाएर मृत्यु भएको आशंका गरिए पनि मृतक बालिकाको शरिरमा कुनै घाउचोट नदेखिएकोले पोष्टमार्टम पछि मात्रै घटनाको कारण थाहा हुने बताउनुभयो । अभियुक्त डाँगीको श्रीमान रोजगारीको लागि खाडी मुलुकमा भएको र श्रीमति २ वटी छोरीसँग बस्दै आएको स्थानीयवासीले बताएका छन् । घटनास्थल सदरमुकामदेखि एक दिनको बाटो भएकोले पोष्टमार्टम ढिला हुने प्रहरी प्रमुख राईले बताउनुभयो ।

0 comments:

Post a Comment