उनीसँगको भेट
तिमी सँगको भेटपछि आफैंलाई भुले अ‍ैले
किन यती धेरै माया दियौ, तिम्रै सम्झनामा झुले अ‍ैले
नत दिन थाहा हुन्छ , नत थाहा हुन्छ मलाई रात
कल्पनाको महल भित्र वास्तविकतामै डुले अ‍ैले

हाम्रो यात्रा
थाहा छ मलाई हाम्रो यात्रा धेरै समय सम्म छैन
तर पनि बिचमै छोडिदिने त्यो धोकेवाज म हैन
यात्रा पुग्ला जहांसम्म पनि, हिम्मत हार्ने छैनौं हामी
विश्वासको डोरी कसौं, डगमगाईका पाइला भेटिने छैन

तिम्रो चाहना
तिमी चाहन्छौ कहिले काहीं अली बेग्लै हुनलाई
तर मैले किन चाहन्थे र एकान्तमा यो मन रुनलाई
गर्नेछु, भनीदेउ बरु के सुधार गरुं आफैंलाई मैले
तर आशुका भेलले चाहन्न म कलेजी धुनलाई

तिम्रो साथ
सँसारमा पहिलो पटक यति मिठो साथ पाए
त्यसैलेत खुशीयालीमा आज यो गीत गाएं
नछुटोस है पिरती हाम्रो जे जस्तो भएपनि
यहीवरदान माग्दै कैयौं देवताका मन्दिर धाएं

मनको चाहना
सायद मर्नेछु तिमीले मलाई छोडिगएपछि
कसरी बाचिंएला र खै पराई तिमी भएपछि
भुक्किएर सोंच्दैमा यो मन कांपेर आउंछ
कसरी देख्न सकुंला तिमीले अन्तै मायाँ लाएपछि


संसारको रित यै हो मरिलानु केनै छर
आफनै छायां देखेर नै लाग्दैन है कीन भर
यस्तै हुन्छ लौन यहां भनेर सोंचे पनि हुने
मुटुभित्र कता कता लाग्दो रैछ कीन डर

तिम्ले भुल्न खोजेपनि मैले भुल्ने छैन हजुर
तिम्ले धोका दिएपनि मैले छल्ने छैन हजुर
हाम्रो नाता गाढा होला यात होला टाढा
तिम्ले साथ छोडेपनि आत्मा जल्ने छैन हजुर

0 comments:

Post a Comment