९ पौष । पछिल्ला केही समय यता रोल्पामा आधुनिक तथा फेन्सी कपडाको माग अत्याधिक बढ्न थालेको छ । चिसो मौसम बढेसँगै मौसम अनुसारका आवश्यक कपडासँगै आधुनिक तथा फेसनेबल कपडाको समेत माग बढ्दै गएको यूनिक गण्डकी फेन्सी पसलका प्रोप्राइटर रमेश अधिकारीले बताउनुभयो ।
सदरमुकाम लिबाङमा मात्रै नभएर ग्रामीणभेगका स्थानीयले समेत आधुनिक डिजाईनका कपडाहरुको माग गर्ने गरेको उहाँको भनाई छ । सदरमुकाम लिबाङमा केही वर्षयता निरन्तर कपडाको ब्यापार गर्दे आउनुभएका अधिकारीले रोल्पामा पहिलेको भन्दा केही परिवर्तन आएको बताउनुभयो । रोल्पाबाट युवाहरु बढीमात्रामा देशबाहिर जाने र कामको खोजीमा अन्यन्त्र जाने आउने कारणले समेत जाडोको समयमा नयाँ तथा आधुनिक कपडाको मागमा बृद्धिआएको उहाँको भनाई छ ।
यस्तै बीचबजारमा कपडाको ब्यापार गर्दै आउनु भएका दिपेन केसीले समेत आफ्नो ब्यापारमा बढावा आएको बताउनुभयो । युवाहरुको माग अनुसारका तातो र आधुनिक डिजाईनका कपडाहरु भित्र्याउन पाउँदा आर्थिक लाभ समेत हुने गरेको झरणा फेन्सी स्टोर्सका प्रोप्राइटर विनायक बुढामगरको भनाई छ । युवाहरुको माग अनुसारका नयाँ तथा आधुनिक डिजाईनका न्यानो कपडाहरुको माग अत्याधिक रहेको उहाँले बताउनुभयो ।
सदरमुकाम लिबाङका अधिकांश पसलहरुमा आधुनिक तथा फेसनेबल न्यानो कपडाको ब्यापार अत्याधिक हुने गरेको ब्यापारीहरु बताउँछन् । ग्राहकहरुको भिड कपडा पसलहरुमा लागेको देख्न सकिन्छ ।
अत्याधिक चिसो बढेसँगै सदरमुकाम लिबाङमा आधुनिक न्यानो कपडाको ब्यापारमा समेत बढावा आएको हो । केही दिन यता सदरमुकाम लिबाङ वरिपरि अत्याधिक चिसो बढेपछि तातो कपडाको ब्यापार बढेको ब्यापारीहरु बताउँछन् ।
गएको वर्षहरुमा भन्दा यस वर्षमा पनि चिसो अत्याधिक बढेको छ । जलवायु परिवर्तनका कारणले कार्तिक महिनाबाट नै चिसोको प्रभाव परेको थियो ।

चिसो बढेसँगै सदरमुकाम लिबाङ र रोल्पाको ब्यापारिक केन्द्र सुलीचौरमा समेत न्यानो कपडाहरु जस्तै टोपी, उनी तथा अन्य तातो कपडाहरु जकेट, स्वीटर, सिरक, डसना, बिभिन्न प्रकारका जु्त्ता, मफलर, मोचा, पञ्जासँगै नयाँ तथा पुराना डिजाईनका फेसनेबल तातो कपडाहरुको समेत ब्यापार बढेको ब्यापारीहरु बताउँछन् ।
सदरमुकाम लिबाङमा रहेका अधिंकास कपडाका पसलहरुमा तातो र अत्याधुनिक डिजाईनका न्यानो कपडाको माग बढेपछि ब्यापारीहरुको आर्थिक बृद्धि समेत भएको छ ।
चिसोबाट बच्नका लागि लगाईने न्यानो कपडासँगै आधुनिक डिजाईनका कपडाहरु समेत रोल्पामा भित्रिनथालेपछि ग्राहकहरु पनि सन्तुष्ट रहेका छन् भने ब्यापारीहरुको समेत आयआर्जनमा बृद्धि भएको छ ।

0 comments:

Post a Comment