चैत्र (२०७२) रोल्पा । कृषकहरुका लागि मकै बीउ उत्पादन प्रविधि सम्बन्धी तालिम आइतबार लिबाङमा सम्पन्न भएको छ । सृजनशील कृषि महिला सहकारी संस्थाको आयोजना किसानका लागि उन्नत बीउबिजन कार्यक्रम केयुबिकेको आर्थिक सहयोग तथा जिल्ला कृषि विकास कार्यालय रोल्पाको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न गरिएको हो ।

तालिममा लिबाङ–९, गुरुङगाउँका मनकामना ३ मकै बीउ उत्पादन पकेट एरियाका कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत सहकारी संस्थाले गरिरहेको मकै बीउ उत्पादन परियोजना अन्तर्गतको तालिमको आयोजना गरिएको हो । तालिममा जिल्ला कृषि विकास कार्यालय रोल्पाका बरिष्ठ कृषि विकास अधिकृत किशोर प्रसाद पन्त र केयुबिके जिल्ला संयोजक बिजय पौड्यालले सहजीकरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै केयुबिकेका जिल्ला कार्यक्रम संयोजक बिजय पौडयालले रोल्पामा मकै छर्दा बाक्लो मात्रामा छर्ने भएकाले दुरी फरक राखेर छरेको मकैले भनेजति उत्पादन दिन सक्ने बताउनुभयो । समापन कार्यक्रममा बोल्दै सहकारी संस्थाका उपाध्यक्ष कली घोटानेले यस प्रकारका तालिमबाट सीप सिकेर कृषकहरु जागरुक हुनेमा जोड दिनुभयो । तालिम उद्घाटन कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार पहलबहादुर गुरुङको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव देवी गुरुङले गर्नुभएको थियो ।

0 comments:

Post a Comment