देवी गुरुङ
_________________________
उनको नजरमा म मरेर गएरे
फुल्नै नपाई कोपिलामै झरेर गएरे
मत सहारा माग्दै यो खोला वारि
हात छोडी उनी त सागर तरेरै गएरे
रोल्पाले मुस्कान छाडयो तर देशले परिर्वतन पाउने कहिले
संविधान निमार्णमा जुटेका दलहरु फर्किन थाले किन अहिले
हामीले चाहेको नयाँ संविधानसहितको परिवर्तित राष्ट्र हो
लछाचुडीमै जनतालाई भुलाएर आशाका दियो न निभाउ पहिले
उनीसँग खुशीआज बाँटन मन लाग्यो
सहेका रोदन सबै साटन मन लाग्यो
यस्तै हुनेछ भन्ने पर्खाइमा थिए आज
अन्तिम परिणाम पर्खाइमा काटन मन लाग्यो
हिजो दाई र भाईको कुरा मिलेन र त आज यस्तो भयो
दुईमनले चलाएको छुरा मिलेन र त आज यस्तो भयो
न त तिम्रो न त मेरो भन्ने यो प्रवित्तिले गर्दा हे आमा
सन्ततीका आफनै भुरा मिलने र त आज यस्तो भयो
खोई यहाँ आफु आफुमा लछार हुँदैछ
मिलोमतो भन्दै आधीँको पसार हुँदैछ
कसले कसलाई चुनौती दियौ साथीहो
आफनै राष्ट्रनै डल्लो कसार हुँदैछ
जति भन्छौ त्यति सुन्छु ।
अनि त नयाँ सपना बुन्छु
चाहे क्षणको होस या पलको
टाढा होईन समिपमै हुन्छु
आजको दिन आयोरत बोर लागेछ
महलपनि कीन थुनुवाको खोर लागेछ
निष्र्कसनै छैन के गर्नु के नगर्नु भनेर
आफनै जीवन डगुंरको फोर लागेछ
दुख्न त मन साह«ै दुखेकै हो तर विवशतामै रोकिन पुगे
खोइ यात्रुको बाटो रोकि सायद म नै आफैं ठोकिन पुगें
कुन गनतब्यको शुरुवात थियो नतिजा नआउंदै आज
रमझममा संझनाको पोको फुकाई बह पोखी शोकिन पुगे ।

0 comments:
Post a Comment