![]() |
| देवी गुरुङ |
टुटेको सम्बन्ध गाँस्न सिकाउदा कीन बुनेनौ
हुनत तीमी घमण्डको आडम्बरीमा रुमलीएकै हो
अखण्डताको भु भागलाई जोडन कीन थुनेनौ
धेरै डुल्यो देश बिदेश तर सिकयौ केत प्रश्न मेरो
दुनियाको कुरामा लागि आफनै सहोदर भाईलाई चुनेनौ
धेरै बनायौ बिष्फोटका डल्ला माटा सकियो राष्ट्रको
जब आयो भोकमरी तब चाहिएको आटाँ कीन गुनेनौ
आमा रोईन, बाबा रोए, दाजुभाई र दिदि बहिनिपनि
भविष्यका ती कर्णधार साना कोपिलाको कुरा सुनेनौ
______________
२०७० मंसिर २०

0 comments:
Post a Comment